ओलम्पिक कीर्तिमान सहित रायनलाई स्वर्ण

जापानको टोकियोमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिकमा अमेरिकी एथ्लेटिक्स खेलाडी रायन क्रुजरले ओलम्पिक कीर्तिमान सहित पुरुष सट पुटमा स्वर्ण हात पारेका छन् । 

उनले टोकियोस्थित ओलम्पिक स्टेडियममा बिहीबार २३.३० मिटरको नयाँ ओलम्पिक कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नै नाममा रहेको २२.५२ मिटरको ओलम्पिक कीर्तिमानमा सुधार गरेका हुन् ।

यो स्पर्धामा अमेरिकाकै जोय कोभासले रजत र न्युजिल्यान्डका थोमस वाल्सले कास्य पदक हात पारे । 

सट पुटको विश्व कीर्तिमान पनि क्रुजरकै नाममा छ । उनले २३.३७ मिटरको कीर्तिमान कायम गरेका छन् ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १२:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया