एमाले माधव समूहको बैठकमा ७० जना उपस्थित, भट्टराई र पाण्डे गएनन्
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समिति बैठक जारी छ । काठमाडौंको बानेश्वरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । 

पार्टी विभाजन गरेर अघि बढ्ने अथवा एमाले एकताको पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गरेर अगाडि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउनका लागि नेपाल समूहको बैठक बसिरहेको हो । 

बैठकमा नेपाल पक्षका एमालेका ७० जना केन्द्रीय सदस्य उपस्थित रहेका छन् । तर, स्थायी समिति सदस्यहरु सुरेन्द्रप्रसाद पाण्डे र योगेश भट्टराई भने बैठकमा अनुपस्थित रहेका छन् । 

तोकिएको भन्दा ४ घण्टा ढिला सुरु भएको बैठकमा पाण्डे र भट्टराई दुवै अनुपस्थित रहेका हुन् । यसअघि बसेको नेपाल पक्षको स्थायी समिति बैठकमा पनि दुवै अनुपस्थित रहेका थिए । 

पाण्डे र भट्टराई दुवैजना कोरोना संक्रमितको ट्रेसिङमा परेकाले बैठकमा अनुपस्थित रहेका बताइएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १६:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया