जसपा छाडेर गएकाहरुलाई विनाहिच्किचाहट पार्टीमा फर्किन उपेन्द्रको आग्रह

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी छाडेर गएका हरुलाई विनाहिच्किचाहट पार्टीमा फर्किन आग्रह गरेका छन् । 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचन आयोगले पार्टीबारे आधिकारिकतासम्बन्धी निर्णय गर्नुपूर्व कुनै कारणले पार्टीबाट अलग हुन पुगेकाहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन् । 

‘यथास्थितिवादी, अलोकतान्त्रिक र प्रतिगमनकारी शाक्तिहरु षड्यन्त्रमूलक ढंगले जनता समाजवादी पार्टी, नेपालविरुद्ध लाग्दै ‘फुटाउ र राज्य गर’ नीति अनुरुप सक्रिय छन्,’ विज्ञप्तिमा भनिएको छ,  ‘यस्ता शक्ति चिन्तन र विचारको प्रतिकार गर्दै प्रतिगमनकारी र यसका मतियार तथा स्वार्थी एवम् पड्यन्त्रकारी व्यक्तिहरु र प्रवृतिहरुप्रति सतर्क र सचेत रहन समयको माग हो ।’ 

देशमा समाजवादी लोकतान्त्रिक विचार बोकेको वैकल्पिक राजनीतिक भक्ति निर्माण गर्ने कार्यलाई मूर्त रुप दिन अहिले पनि गम्भीर रुपले लाग्नु जरुरी रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २१, २०७८ बिहीबार १९:४९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया