चीनले विश्वभर २ अर्ब डोज खोप वितरण गर्ने

कोरोना भाइरसको डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै विश्वभर भ्याक्सिनको माग अत्यधिक रहेकाे छ । सबै देशले आफ्नो जनसंख्यालाई काेराेना विरुद्धकाे खाेप  लगाउन चाहन्छन् । तर खाेपको कमीका कारण मागअनुसार प्राप्त हुन कठिन छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै चीनले विश्वभर भ्याक्सिन वितरण गर्ने योजना बनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार यस महिनाको अन्तिमसम्म विभिन्न देशमा २ अर्ब डोज भ्याक्सिन पुर्‍याउने बताएका छन् । यद्यपि जिनपिङले भ्याक्सिनको वितरणको बारेमा भने केही खुलाएका छैनन् ।

चीनले कोभ्याक्स सुविधाअन्तर्गत १० करोड डलर बराबरको भ्याक्सिन सहयोग गर्ने बताइएको छ । 

यसभन्दा पहिला अमेरिकी राष्ट्रपति जो बाइडेनले १० करोड डलर बराबरको भ्याक्सिन कोभ्याक्स सुविधाअन्तर्गत सहयोग गर्ने बताएका थिए । आगामी महिनादेखि अमेरिकाले ५० करोड डोज फाइजर भ्याक्सिन गरिब देशमा वितरण गर्नेछ ।  

यसअघि चीनले नेपाललाई १८ लाख डाेज खाेप सहयाेग गरिसकेकाे छ ।  थप १६ लाख डाेज खाेप दिने घाेषणा पनि गरिसकेकाे छ ।





  • प्रकाशित मिति : साउन २२, २०७८ शुक्रबार ७:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया