जापानबाट आज र भोलि गरी ८ लाख डोज एस्ट्राजेनेका खोप आउने

जापानबाट आज र भोलि गरी ८ लाख डोज खोप नेपाल आउने भएको छ । 

जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख एस्ट्राजेनेका खोपमध्ये आज र भोलि गरी ८ लाख डोज नेपाल आउन लागेको हो । 

बाँकी ८ लाख डोज खोप अर्को साता नेपाल आउने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले गत चैतमा भारतबाट आएको कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरिसकेको छ । भारतले थप खोप उपलब्ध नगराउँदा यस्तो निर्णय गरिएको हो । 

सोही निर्णयअनुसार साउन २५ गतेदेखि ज्येष्ठ नागरिकलाई दोस्रो डोजको रूपमा एस्ट्राजेनेका खोप दिइनेछ । 


 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार ९:२२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया