यस वर्षको एसइई नतिजा प्रकाशित

यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई परीक्षाको नतिजा प्रकाशन गरेको हो । 

यस वर्षको एसइई परीक्षाको नतिजा विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर प्रकाशित भएको बोर्डले जनाएको छ । कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा तयार गरिएको हो ।

प्रकाशित नतिजा नेपाल टेलिकम र एनसेलको सिममार्फत तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार १५:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया