टोकियो ओलम्पिक : अन्तिम दिनसम्म पनि चीनको अग्रता कायमै

जापानको टोकियो सहरमा जारी ३२ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक अगस्ट ८ (आज) बाट समाप्त हुँदैछ । 

टोकियो ओलम्पिकमा ३३ खेलका ३३९ विधा समेटिएको थियो, जसमध्ये ३२७ विधामा स्वर्ण विजेताको टुंगो लागिसकेको छ ।

प्रतियोगिताको अन्तिम दिनमा ८ खेलका १२ स्पर्धाको स्वर्ण विजेताको टुंगो लाग्न बाँकी छ ।

जुलाई २३ बाट सुरु भएको प्रतियोगिता अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीनले अग्रता कायम गरेको छ ।

शीर्ष स्थानमा रहेको चीनले ३८ स्वर्ण, २१ रजत र १८ कास्य गरी कूल ८७ पदक हात पारेको छ । दोस्रो स्थानको अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी कूल १०८ पदक जितेको छ ।

आयोजक जापान २७ स्वर्ण, १२ रजत र १७ कास्य गरी कूल ५६ पदकका साथ तेस्रो स्थानमा रहँदा चौथो स्थानको रसियन ओलम्पिक कमिटीले २० स्वर्ण, २६ रजत र २३ कास्यसहित कूल ६९ पदक हात पारेको छ ।



बेलायत २० स्वर्ण, २१ रजत र २२ कास्य गरी कूल ६३ पदक हात पार्दै पाँचौँ स्थानमा छ ।

त्यस्तै अस्ट्रेलियाले १७ स्वर्ण हात पार्दा इटाली, नेदरल्यान्ड र जर्मनीले समान १०-१० स्वर्ण जितेका छन् ।



फ्रान्सले ९, ब्राजिल र न्युजिल्यान्डले समान ७-७ स्वर्ण हात पारेका छन् । ४ राष्ट्रले ६-६ स्वर्ण हात पर्दा ४ स्वर्ण जित्ने राष्ट्रको संख्या ५ छ ।

८ राष्ट्रले समान ३, १३ राष्ट्रले २ र २३ राष्ट्रले १ स्वर्ण हात पारेका छन् । ओलम्पिकमा हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा पदक हात पार्ने राष्ट्रको संख्या ९३ छ । 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार ७:७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया