कोरोना अपडेट : एकैदिन ५५ जनाको निधन, २५४८ जनामा संक्रमण

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५५ जनाको निधन भएको छ । केही दिनदेखि कम हुँदै गएको मृतकको संख्या आज आइतबार ह्वात्तै बढेको हो । 

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५४८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३७८ नमुनामध्ये ९ हजार ३३ जनाको पिसिआर र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा २ हजार २९ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि आज बढेको हो । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १७:४४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया