एमालेमा वामदेवको नयाँ प्रस्ताव : गुटबन्दी सुरु गर्ने वरिष्ठ नेता पद नै हटाऔँ
फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीमा वरिष्ठ नेता भन्ने पद हटाउनु ठीक हुने बताएका छन् । विधान अधिवेशनको तयारीका क्रममा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दै गौतमले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीसहितका नेताहरुको छलफलमा गौतमले आगामी विधान महाधिवेशनमार्फत पार्टीमा अध्यक्ष, उपाध्यक्षसहितका पदहरु मात्रै रहनेगरी वरिष्ठ नेता पदलाई खारेज गर्नुपर्ने सुझाव राखे । 

पार्टीमा निवर्तमान अध्यक्षलाई वरिष्ठ नेता मान्ने विधान रहेकामा विधान अधिवेशनमार्फत उक्त व्यवस्था हटाउनुपर्ने गौतमको मत छ । पार्टीमा गुटबन्दीको सुरुवात नै सोही पदबाट हुने गौतमको ठहर छ । 

छलफलका क्रममा गौतमले पार्टीमा अध्यक्ष भइसकेका मान्छे दोस्रो वरियतामा रहँदा तथा वरिष्ठ नेताका रुपमा नेताहरु पदाधिकारीसरह रहँदा निर्वाचित अध्यक्षलाई काम गर्न अफ्ठ्यारो हुने भन्दै अबको विधान अधिवेशनमार्फत उक्त व्यवस्था हटाउन उनले सुझाव दिएका हुन् । 

यसअघि पनि पूर्व महासचिव माधव कुमार नेपाललाई वरिष्ठ अध्यक्ष दिइएकामा गौतम असन्तुष्ट थिए । एमालेको विधानअनुसार वरिष्ठ नेता झलनाथ खनाल मात्रै रहनुपर्नेमा नेपाललाई पनि वरिष्ठ भनिएकामा गौतमको विमति छ । 

नेकपा बनेपछि वरिष्ठ नेताको पद पाएका नेपाललाई नेकपा एमालेमा भने पार्टी नेता मात्रै भनिएको थियो । नवौँ महाधिवेशनपछि २०७५ जेठ २ अघिका एमालेका सबै बैठकमा उनी नेताको हैसियतमा थिए । 





  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १८:४०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया