आजदेखि अस्ट्राजेनेका खाेप अभियान सुरु

आजदेखि ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खाेप लगाइँदैछ । 

यसभन्दा अगाडि काेभिसिल्डकाे पहिलाे मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खाेप दिन लागिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

आजदेखि बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खाेप दिइनेछ । प्रदेश १ र प्रदेश २ मा भने केही दिनपछि खाेप अभियान सुरु हुनेछ ।

गत चैतमा काेभिसिल्ड खाेपकाे पहिलाे डाेज लगाइएकाे थियाे । भारतले बाँकी खाेप उपलब्ध गराउन नसक्दा खाेप अभियानमा ढिलाइ भएकाे हाे ।

खाेप लगाउनका लागि काठमाडाैंमा १४४ खाेप केन्द्र ताेकिएकाे छ । 

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरूमा नै अष्ट्राजेनिका खोप लगाइनेछ ।



हालसम्म नेपालमा करिब एक कराेड डाेज खाेप आइसकेकाे छ । जसमध्ये नेपालले ६० लाख डाेज खाेप खरिद गरेकाे हाे भने बाँकी अनुदानमा पाएकाे हाे।

आगामी चैतमसान्तसम्म खाेप लगाउन मिल्ने सबै नागरिकलाई खाेप दिइने सरकारकाे लक्ष्य रहेकाे छ ।



 

  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार ८:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया