इपिएलको ट्रफ्री सार्वजनिक

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग (इपिएल)ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेको हो । 

सो प्रतियोगितालाई हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । 

सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता पनि गरे । दुवैैले सम्झौतापत्र एक–आपसमा साटेर ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए ।

असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्नेछ । सम्झौतापछि बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुसी लागेको बताए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।





  • प्रकाशित मिति : साउन २५, २०७८ साेमबार २०:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया