शौचालय जाँदा हात्तीको आक्रमणमा परी मृत्यु
फाइल फाेटाे

सुनसरीमा हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।

विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर  आक्रमण गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएका छन् ।

सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ९:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया