लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री कुलप्रसाद केसी बनेका छन् । नेकपा माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलका नेता केसी मुख्यमन्त्री पदमा बिहीबार नियुक्त भएका हुन् ।
माओवादीसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा केसी मुख्यमन्त्री बनेका हुन् । नेकपा एमालेका शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि केसी मुख्यमन्त्री बनेका हुन् ।
बुधबार नै प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम केसी मुख्यमन्त्री बनेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।