स्पेनिस फुटबल लिग ला-लिगाकाे नयाँ सिजन आजबाट सुरु हुने भएको छ । २०२१-२२ सिजनको सुरुवात भ्यालेन्सिया र गेटाफे बीचको खेलबाट हुनेछ ।
दुवै टिमले राम्राे प्रदर्शन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
मेस्टाल्ला रंगशालामा हुने उक्त खेलमा ४० प्रतिशत दर्शकमात्र उपस्थित हुनेछन्।
१७ वर्षपछि फुटबलका हस्ती मेस्सीबिना लालिगा सुरु हुँदैछ । बार्सिलोना र मेस्सीबीच सम्झौता हुन नसक्दा मेस्सी फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका हुन् ।
बार्सिलोनाले नयाँ सिजनको पहिलो खेलको रूपमा रियल सोसिडाडसँग आइतबार घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । यस्तै गरी रियल म्याड्रिडले भने अलाभेजको सामना गर्नेछ ।
साविक विजेता रहेको एथ्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।