जर्मन फुटबलका लिजेन्ड गर्ड मुलरकाे निधन

जर्मन फुटबलका लिजेन्ड गर्ड मुलरकाे निधन भएकाे छ । 

वार्यन म्युनिखलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मुलरकाे आइतबार ७५ वर्षकाे उमेरमा निधन भएकाे हाे। 

मुलरले बायर्नका लागि १५ वर्ष खेले । उनले बुन्डेसलिगामा ३६५ गाेल गरेका थिए ।

मुलर वार्यनमा जानुभन्दा अगाडि वार्यन सेकेन्ड डिभिजनमा थियाे । मुलर गइसकेपछि उनले वार्यनलाई फर्स्ट डिभिजनमा ल्याउन सफल भए । याे पनि भन्ने गरिन्छ कि वार्यन अहिले जेजस्ताे छ, त्यसमा मुलरकै हात छ ।

मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गाेल गरे । पश्चिम जर्मनीले सन् १९७४ मा विश्वकप जित्दा मुलर नै मुख्य खेलाडी थिए । 

विश्व फुटबलले एक महान हस्ती गुमाएकाे छ । मुलरकाे निधनमा विभिन्न सेलिब्रेटी, खेलाडीहरूले समवेदना प्रकट गरेका छन् ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ७:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया