डाेटीमा सर्पकाे डसाइबाट एक बालककाे मृत्यु भएकाे छ ।
जिल्लाकाे पूर्वीचाैकी गाउँपालिका-६ मा विषालु सर्पकाे डसाइबाट पाँच वर्षीय हेमराज भण्डारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ।
प्रहरीका अनुसार आइतबार साँझ घरकाे आँगनमा खेलिरहेका बेलामा उनलाई सर्पले डसेकाे थियाे ।
डसाइबाट अवस्था गम्भीर भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल डाेटी ल्याइएकाे थियाे । उनकाे उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।