राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध प्रदीप पौडेलको यो प्रशंसनीय तर्क

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेशको विरोधमा प्रदीप पौडेलले आफ्ना तर्क राखेका छन् ।

सामाजिक सन्जाल ट्विटरमा पौडेलले संसद छलेर अध्यादेश ल्याउने देउवाको कदमको विरोध गरेका हुन् ।

यसका लागि उनले गत वैशाखमा प्रधानमन्त्री केपी शर्मा आलीले अध्यादेश ल्याएको प्रसंग निकालेका छन् । 

‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौँ,’ पौडेलले ट्विट गरेका छन्, ‘उनले गलत गरे, हामीले त्यसको डटेर प्रतिकार गर्यौँ ।’

त्यसपछि उनले अहिले सरकारले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको प्रसंग जोडेका छन् । अनि यसलाई हिजोको त्यो ओली प्रवृत्तिभन्दा फरक नभएको उनले बताएका छन् ।

यसलाई असंवैधानिक कामको संज्ञा दिँदै पौडेलले लेखेका छन्, ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’






  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १६:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया