प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको सपथ

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वसांसद हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मिश्रलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र कांग्रेसका प्रभावशाली नेता रामनारायण मिश्रका छोरा हुन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा गत ७ फागुनमा नियुक्त गरेको थियो ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १६:२०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया