पारा ओलम्पिकमा एक खेलाडीसहित पाँच सदस्यीय टोली जापान प्रस्थान गर्ने

जापानको टोकियोमा आयोजना हुने पारा ओलम्पिकमा नेपालको तर्फबाट १ खेलाडी र ४ सदस्यीय टोली जापान प्रस्थान गर्ने भएको छ ।

अगस्ट २४ देखि सुरु हुने पाराओलम्पिकमा नेपालको तर्फबाट पलेशा गोवर्धनले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछिन् । 

उनी वाइल्ड कार्ड मार्फत यस प्रतियोगिताका लागि छनोट भएकी हुन् । उनीसँगै उनका प्रशिक्षक कविराज नेगी लामा पनि सँगै जापान जानेछन् । 

खेलाडी र प्रशिक्षक बाहेक दी मिसनका सरोज श्रेष्ठ, फिजियो डाक्टर दीपक श्रेष्ठ र कोभिड लाइसेन्स अफिसर विश्वास बस्नेत पनि उनीसँगै यस टोलीमा सहभागी हुनेछन् । 

टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १३:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया