गण्डकी प्रदेशका सरकारले साउन ३२ गते मन्त्रीहरुका लागि नयाँ आचारसंहिता जारी गरेको छ । जसअनुसार मन्त्रीहरुले कास्की जिल्ला छाड्दा मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ ।
सरकारका प्रवक्ता कुमार खड्काका अनुसार राजधानी रहेको जिल्ला कास्की छाड्दा मन्त्रीहरुले मुख्यमन्त्रीको अनुमति लिनुपर्ने अनिवार्य गरिएको हो ।
यसअघि देश छाड्दा मात्रै मुख्यमन्त्रीको अनुमति लिनुपर्ने प्रावधान थियो । अब भने राजधानी छोड्दा पनि मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको हो ।
साउन ३२ मा बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले २०७४ को आचारसंहिता खारेज गर्दै नयाँ आचारसंहिता जारी गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।