मुख्यमन्त्री शाक्यले लिइन् पद तथा गोपनीयताको शपथ
फरकधार / २ भदौ, २०७८

बग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन्। 



प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेकपा संसदीय दलकी नेतृ शाक्यलाई (शपथ दिलाएक हुन् । 

एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएकी हुन् । 

एमाले संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएसँगै नेतृ शाक्य बुधबारै संसदीय दलको नेतामा चयन भएकी थिइन् । 



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:३२:३२,   अन्तिम अपडेट : भदौ २, २०७८ बुधबार २१:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया