झापामा पक्राउ परे एक युट्युबर

झापाको बिर्तामोडमा एक युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको आरोप लागेको छ । प्रहरीले खगेन्द्र घिमिरे, हेमराज भट्टराई र सुवास कार्कीलाई पक्राउ गरेको हो ।

एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । 

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । 
 





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १८:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया