प्रचण्डलाई सामान्य रुघाखोकी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी भएको र सामाजिक सन्जालमा ‘गेट वेल सुन’ लेखिएको विषयमा प्रचण्डको सचिवालयले आपत्ति जनाएको छ ।

‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो,’ उनको सचिवालयका एक सदस्यले फरकधारलाई जानकारी दिए, ‘तर, केही साथीहरुले सामाजिक सन्जालमा गेट वेल सुन लेखेर तस्वीर राख्दा यस विषयमा अनावश्यक हल्ला भएको छ।’

पछिल्लो समय प्रचण्डको परिवारका सदस्य तथा उनको सचिवालयका सदस्यहरुलाई कोरोनाभाइरस संक्रमण भए पनि प्रचण्डलाई संक्रमण भएको थिएन ।

‘उहाँलाई केही भयो भने हामी जानकारी दिइहाल्छौँ,’ सचिवालयका ती सदस्यले भने ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार २१:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया