सिनेमा घर खुल्न संक्रमणको अवस्था ग्रिन जोनमा पुग्नु पर्ने

कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ । २ वर्षदेखि कोरोना महामारीमा फसेको विश्व कोरोनाका नयाँ नयाँ भेरियन्टको सामना गरिरहेको छ । कोरोना महामारीको असर नेपालले पनि खेपिरहेको छ ।

सबैखाले व्यापार व्यवसायहरु चौपट छन् । थुप्रै नागरिक बेरोजगार बनेका छन् । कतिले यही बेला केहीले त आफ्नो पेशा पनि परिवर्तन गरिरहेका छन् ।

कोरोना महामारीको सबैभन्दा ठूलो असर मनोरञ्जन क्षेत्रले खेपिरहेको छ । अन्य व्यापार व्यवसायले बिस्तारै लय समात्दै गर्दा मनोरञ्जन क्षेत्र भने चलमलाउन पनि सकेको छैन । केही फिल्म छायांकनका जान सुरु भएपनि निर्माण सम्पन्न भएका फिल्म प्रदर्शन हुन सकेका छैनन् । धेरै सिनेमा हल बन्द भैसकेका छन् । केही बन्द हुने अवस्थामा छन् ।

मनोरञ्जन क्षेत्रका प्राविधिक तथा कलाकारहरू पनि जीविकोपार्जनको अन्य बाटो खोजिरहेका छन् । धेरै कलाकार त कृषि फर्म तथा चिया व्यापारमा सक्रियताका साथ लागिसकेका छन् । यस क्षेत्रका सरोकारवाला संघ संस्थाहरूले बारम्बार सरकारसँग राहतको माग गर्दै आएका छन् । तर  सरकारबाट आश्वासन बाहेक केही पाउन सकिरहेका छैनन् ।

सरकारले मनोरञ्जन क्षेत्रलाई सम्बोधन नै गरेन भन्ने यस क्षेत्रका मानिसहरूको गुनासो छ । उनीहरू सरकारले मनोरञ्जन क्षेत्रलाई कसरी सम्बोधन गर्ला भनेर कुरेर बसिरहेका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भने मनोरञ्जन क्षेत्रलाई समेट्दै पत्र निकालेको छ ।

उक्त पत्रमा भनिएको छ, ‘सिनेमा हल खुल्न कोरोना संक्रमण दर १५ प्रतिशतभन्दा तल झर्नु पर्नेछ ।’ कोरोना संक्रमण दर उल्लेखित प्रतिशतभन्दा तल झरेपछि भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गर्दै सिनेमा हल, फन पार्क, मेला महोत्सव लगायतका मनोरञ्जन क्षेत्र खोल्न सकिने बताइएको छ ।



संक्रमणको अवस्था हेरेर मुलुकलाई रेड, एम्बर, येल्लो र ग्रिन जोनमा विभाजन गर्दै (सिसिएमसी)ले उक्त पत्र निकालेको हो ।   रेड, एम्बर र येल्लो जोनमा मनोरञ्जन क्षेत्रका गतिविधि भर्चुअलको माध्यमबाट मात्र गर्न दिइने बताइएको छ । संक्रमणको अवस्था ग्रिन जोनमा पुगेपछि मात्रै मनोरञ्जन क्षेत्रले सञ्चालनको अनुमति पाउनेछ ।



  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १३:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया