उपत्यकामा थपिए ७०८ नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ७०८ जना नयाँ सक्रमित थपिएका छन् । 

जसमध्ये काठमाडौंमा ४४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १६७ जना छन् ।

मन्त्रालयका अनुसार उपत्यकामा १०,८३३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ७,१८२ जना, भक्तपुरमा १,४११ जना र ललितपुरमा २,२४० जना छन् ।

मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, दोलखा, सिन्धुपाल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

यस्तै, २०० भन्दा बढी धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिराहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया जुम्ला, कैलाली र कञ्चनपुर छन् ।





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १८:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया