२,५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५१ हजार १ पुगेको छ । 

मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा ५०५ जना गरी २,५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २,०८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै ७ लाख २ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । 
 
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना छ। जसमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा, ३ हजार १०५ जना संस्थागत आइसोलेसनमा, ६२० जना आइसियू र १७० जना भेन्टिलेटरमा उपचाररत छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १७:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया