नवलको काँडेतारमा गौरव पहारी अनुबन्धित

अभिनेता गौरव पहारी नवल खड्काकाे चलचित्र ‘काँडेतार’मा अनुबन्धित भएका छन् । गौरवसँगको औपचारिक सम्झौतापछि नवलले फेसबुकमा तस्बिर सेयर गर्दै जानकारी दिएका छन् । 

नवलले गौरवसँगको औपचारिक सम्झौतापछि फेसबुकमा लेखेका छन्, ‘चलचित्र ‘काँडेतार’मा नायक गौरव पहाडीलाई अनुबन्धित गरियो । चलचित्रले सीमानामा काँडेतार बारले मुलुक बीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन । असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथा प्रस्तुत गर्नेछ ।’

चलचित्र ‘काँडेतार’मा देशप्रेमको कथा उठान गरिने नवलले बताएका छन् । उनले यसअघि पनि ‘दश गजा’, ‘भिमदत्त’ लगायतका चलचित्र मार्फत् देश प्रेमको कथा उठान गरेका थिए । चलचित्र ‘काँडेतार’मा गौरबको जोडीका रूपमा देखिने अभिनेत्रीका बारेमा भने केही बताइएको छैन ।

चलचित्र सूर्य एन श्रेष्ठले निर्देशन गर्नेछन् । नवल खड्का र शंकर कार्कीले संयुक्त रूपमा लगानी गर्ने चलचित्रको कार्यकारी निर्माता संसार सुवेदी हुन् ।

‘काँडेतार’मा अनुबन्धित भएका गौरव भर्खरै चलचित्र ‘लाइफ इन एलए’को छायांकन सकेर फर्किएका छन् । अमेरिकामा बस्ने नेपाली समुदायको कथामा आधारित रहेर वास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘लाइफ इन एलए’मा गौरवको जोडीका रुपमा शिल्पा मास्केले अभिनय गरेकी छन्





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार ९:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया