नयाँ दल दर्तापछि प्रतिक्रिया नदिई फर्किए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोगबाट बाहिरिएका छन् । नयाँ दल दर्तापछि नेपालले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्। 

निर्वाचन आयोग पुगेर नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । आज बिहान १० बजेदेखि २ बजेसम्म सनाखतका लागि निर्वाचन आयोगले बोलाएको थियो । 

सोही सनाखतका लागि सोमबार बेलुकीदेखि चन्द्रागिरी रिसोर्टमा रहेका नेताहरु सिधै टुरिस्ट बस चढेर आयोग पुगेका थिए । 

आयोगले ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदको सनाखत गरेको पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए । भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि सनाखत भएको उनले बताएका छन् ।
 





  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १५:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया