स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना पुष्टि भएको छ ।
९,७११ पिसिआर परीक्षणमा १,८६२, जना र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी जम्मा २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १ हजार ७८१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म १० हजार ६१२ जना संक्रमितको मृत्यु भएको छ।
देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ३५ हजार २५० जना संक्रमित होम आइसोलेसनमा, ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा, ६१० जना आइसियू र १६१ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाल संक्रमित निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।