राष्ट्रप्रमुख पार्टीप्रति मात्र नभएर गुटको पक्षमा उभिनु दुःखद् : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशम्सेर राणाले विश्वको आस्थाको केन्द्र, एक मात्र हिन्दु राष्ट्रको चिनारी मेटेर धर्मनिरपेक्ष बनाउनु गल्ती भएको बताएका छन् ।

नेपालमा हिन्दु राष्ट्रको पक्षमा जनमत व्यापक रहेको भन्दै अध्यक्ष राणाले हिन्दु राष्ट्र र धर्मनिरपेक्ष बीच कुन राख्ने भन्ने निश्चित गर्न जनमत संग्रह गर्नु उपयुक्त हुने बताए ।

‘‘एक मात्र हिन्दु राष्ट्रको रुपमा सम्पूर्ण विश्वले नेपाललाई आस्थाको केन्द्रविन्दुको रुपमा हेर्थे । धर्मनिरपेक्ष बनाएर हामीले त्यो चिनारी, आस्था सबै मेट्यौँ,’ एक टेलिभिजन अन्तरवार्तामा बोल्दै राणाले भने ।

प्रजातन्त्रलाई सबल तुल्याउन, निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था बहाली गर्नुपर्ने उनको भनाइ छ ।

‘‘राष्ट्रप्रमुख त्यो संस्था हो जसले निष्पक्ष भएर काम गर्नुपर्छ । गणतन्त्रको बहालीदेखि अहिलेसम्मको अनुभवमा राष्ट्रपतिको भूमिका विवादस्पद रह्यो । पार्टीको प्रतिनिधि राष्ट्रप्रमुख हुँदा, सम्पूर्णले अपेक्षा गरेको निष्पक्षता प्राप्त नहुँदो रहेछ,’ उनले भने ।

‘राष्ट्रप्रमुख पार्टीप्रति मात्र नभएर गुटको पक्षमा उभिनु दुःखद अनुभूति भएको भनदै उनले यसकारण निष्पक्ष राष्ट्रप्रमुखको रुपमा, रेफ्रीको भूमिकामा राजसंस्था पुनर्बहाली गर्नु आवश्यक भएको बताए । 



कार्तिकमा तय भएको राप्रपाको महाधिवेशन समयमै सम्पन्न हुने उनको भनाइ थियो ।

राप्रपाको नेतृत्वमा दोस्रो पुस्ताको पनि दाबी छ नि ? भन्ने प्रश्नमा, प्रजातन्त्रमा प्रतिस्पर्धामा उत्रन सबैलाई हक प्राप्त हुने उनले बताए । महाधिवेशनबाट प्राप्त ऊर्जाबाट राप्रपा जनतामा स्थापित हुने उनले दाबी गरे ।



  • प्रकाशित मिति : भदौ ९, २०७८ बुधबार १८:४०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया