झापामा माेटरसाइककले ठक्कर दिँदा एक गर्भवती महिलाकाे मृत्यु

झापामा माेटरसाइकलले ठक्कर दिँदा एक गर्भवती महिलाकाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ की २३ वर्षीया दीक्षा प्रसाईं रहेकी छन् ।

जिल्लाकाे भद्रपुर-९ स्थित लक्ष्मी चाेकमा बुधबार राति ८ बजे बा २७ प ६४२२ नम्बरकाे माेटरसाइकलले दीक्षालाई ठक्कर दिएकाे हाे । 

माेटरसाइकलकाे ठक्करबाट गर्भवती दीक्षाको विभिन्न अंगमा चाेट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुरले थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो ।

दमक पुर्‍याउनका साथ उनको मृत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरी माेटरसाइकल चलाउने मेचीनगर नगरपालिका-१३ का ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १०:२३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया