सी डिभिजन छनोट : सतासीधाम र च्याम्पियन ब्वाइजबीच बराबरी

सि डिभिजन लिगको छनोट खेलअन्तर्गत आज भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसिएसले गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद् सुरुआत गरेको छ ।

सतासीधामका लागि मनिस लिम्बू र मिलन परियारले एक–एक गोल गर्दा च्याम्पियनका थिराराज राई र रञ्जन मगरले एक–एक गोल आफ्नो नाममा लेखाएका थिए । दिनको दोस्रो खेलमा एफसिएसलाई जित दिलाउन नेत्र हिउमिन, समीर गुरुङ र सन्तलाल गुरुङले गोल गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक–एक गोल गरेका थिए ।  

आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल शुभारम्भ गरेको हो । जसअन्तर्गत आज दुई टोली आमने–सामने भएका हुन् । सी डिभिजन लिगका लागि देशैभरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन् । 

यसअघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाए पनि शुक्रबार काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो । एन्फाले सहभागी टोलीलाई १५ समूहमा विभाजन गरेको छ ।

छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २–२ टिम सहभागी भएको एन्फाले जनाएको छ । छनोटबाट तीन टोली सी डिभिजनमा बढुवा हुनेछन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार २१:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया