चीनमाथि नेपालको १० विकेटको सहज जित

काठमाडाैं– मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेट एसिया छनोट समूह‘बि’ को खेलमा नेपालले लगातार पाँचौं जित दर्ता गरेको छ । 

क्वालालम्पुरको बायोमास ओभल स्टेडियममा बुधबार भएको खेलमा चीनलाई १० विकेटले पराजित गरेको छ । 

टस जितेर फिल्डिङ रोजेको नेपाल सामु चीनले २७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । २८ रनको लक्ष्य पछ्याएको नेपालले ११ बलमा कुनै पनि विकेट नगुमाई लक्ष्य भेट्टायो । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्का सहित २४ रन जोडे भने अर्का ओपनर प्रदिप ऐरीले ३ बलमा ४ रन जोडे । 

यसअघि १३ ओभरमा २६ रनमात्रै जोडेको चीनका ७ ब्याट्समेन शुन्यमा आउट भए । चीनका ओपनर हङ जियान याङले सर्वाधिक ११, डेन्जी माले ५ तथा चेन जिनफिङले १ रन मात्रै जोडेका थिए । 

सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी तथा ललित राजवंशीले समान ३–३ विकेट लिए । ४ ओभरमा १ मेडनसहित ४ रन दिएर ३ विकेट लिएका सन्दीप लामिछाने म्यान अफ दि म्याच घोषित भए । 

प्रतियोगितामा पाँचै खेल जितेको नेपाल १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै चार खेल खेलेको सिंगापुर सबै खेल जित्दै ८ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार ९:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया