माेहना नदीमा २८ वर्षीय युवा बेपत्ता

कैलालीको मोहना नदीमा बगेर एक युवा बेपत्ता भएका छन्।

शुक्रबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरन राना कञ्चनपुरदेखि कैलाली आउने क्रममा मोहना राजघाट नदीमा बगेर बेपत्ता भएका हुन्।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। शुक्रबार दिउँसो नै बाढीका कारण कैलालीको लम्कीचुहा नगरपालिका–६ का ९५ बर्षीया फुपिया थारु को मृत्यु भएको थियो ।

स्थानीय गुलरा नदीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

बिहीबार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएको प्रवक्ता बिष्टले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा कैलाली–कंचनपुर जोड्ने स्काई फोल्डिङ पुल, दुर्गा मन्दिरस्थित गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।



यस्तै धनगढी उपमहानगरपालिका ३ र कंचनपुरको बाईसेविचुवा जोड्ने मोहना नदीमा निर्माणाधिन पक्किपुलको दुबै किनारमा भरान गरिएको माटो बगाउदा आवागमन ठप्प भएको छ । यस्तै जिल्लामा पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए । यस्तै कैलारी गाउँपालिका वठा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन् ।



  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार २१:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया