रेशम चौधरी जसपामा नै छन्, देउवा सरकारबाट आश गर्न सकिँदैनः बाबुराम भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको बताएका छन् । 

जसपाले सुदूरपश्चिम प्रदेशले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले शुक्रबार यस्तो बताएका हुन् । उनले यसअघि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीले महन्थ ठाकुरको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाएको पनि बताएका छन् ।

‘लोसपामा गएकाको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ, त्यसमा चौधरीको नाम छैन,’ डा. भट्टराईले भनेका छन्, ‘उनी अहिले पनि जसपामा नै छन् ।’ 

डा. भट्टराईले आफ्नो र चौधरीको बारम्बार संवाद भइरहेको पनि बताएका छन् ।

यतिमात्र होइन, डा. भट्टराईले चौधरीको मुद्दा राजनीतिक भएकाले यसलाई राजनीतिक रुपमा नै समाधान गर्नु पर्ने पनि बताएका छन् । अनि यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएको पनि डा. भट्टराईले बताएका छन् ।

‘जसपाले नै रेशम चौधरीको रिहाइ गर्न पहल गर्नेछ,’ उनले भने, ‘प्रधानमन्त्री यस विषयमा सकारात्मक हुनुहुन्छ ।’



एमालेले झापामा बन्दुक उठाएको र कांग्रेसले हवाइजहाज कब्जा गर्दा राजनीतिक रुपमा मिलाइएको भन्दै उनले अधिकारका लागि गरिएका आन्दोलनलाई विद्रोह भन्न नमिल्ने तर्क गरे ।

यही कार्यक्रममा डा भट्टराईले प्रधानमन्त्री देउवाको आलोचना पनि गरेका छन् । उनले सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आशा गर्न नसकिने कार्यक्रममा बताएका हुन् ।



  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार २१:५३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया