इन्टर मिलानको लगातार दोस्रो जित

इटालियन सिरी ए मा इन्टर मिलानले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा मिलानले हेलास भेरोनालाई ३–१ ले हरायो । 

इन्टरेको जितमा योहाक्विन कोरेयाले २ गोल गरे भने लौटारो मार्टिनेजले एक गोल गरे । 

भेरोनाको मैदानमा भएको खेलको १५औं इभान इलिचको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । तर ४७ औं मिनेटमा लौटारो मार्टिनेजले बराबरी गोल फर्काए । 
खेलको ८३ औं र अतिरिक्त मियमा कोरेयाले गोल गर्दै इन्टरलाई सहज जित दिलाए । 

जितसँगै साविक विजेता इन्टर मिलान दुई खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । 
 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार ९:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया