युवाहरू नेतृत्वमा आए राजनीतिबाट बिदा लिन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरू राजनीतिक नेतृत्वमा आए आफू राजनीतिबाट बिदा लिने बताएका छन् । 

शनिबार वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले  समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारी लाग्न भनेका छन् । 

‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन,’ प्रचण्डले भने, ‘छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन ।’  

केपी ओलीले पार्टी एकतालाई ठगी धन्दा भन्दै प्रचण्डले भने, ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ ।’

ओलीले संसद् विघटन गरेर प्रतिगमन निम्त्याएको र त्यसलाई परास्त गर्न जीवन मरणकै लडाइँ बनाएको उल्लेख गर्दै उनले भने, ‘जीवन–मरणकै संघर्षको रुपमा लिएर प्रतिगमन परास्त गर्यौँ । त्यसमा सबैले साथ दिए ।’





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार १७:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया