वामदेव गौतम उपाध्यक्ष पदसहित नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन् । 

गौतम एमाले छाडेर एकीकृत समाजवादी पार्टीको उपाध्यक्ष बन्न लागेका हुन् । गौतमलाई पार्टी प्रवेश गराउन नेपाल समूह र गौतमबीच सहमति भएको स्रोतले बताएको छ ।

दुई पक्षबीच गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिने सहमति भएको बुझिएको छ । त्यसैगरी उनीसँगै नयाँ पार्टीमा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुलाई सोहीअनुरुपको जिम्मेवारी दिने सहमति भएको छ । 

यसअघि गौतमले विभिन्न अन्तर्वार्तामा आफूसहित साथीहरु नेपाल नेतृत्वको नयाँ पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको बताएका थिए । 

पार्टीको औपचारिक विभाजनअघि एकता अभियान सञ्चालन गर्दै आएका गौतमले नेपालले नयाँ पार्टी बनाएमा उनलाई साथ दिने बताउँदै आएका थिए ।





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार २०:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया