निर्धारित मितिमै महाधिवेशन हुने पक्का भयो : प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्धारित मितिमै महाधिवेशन हुने पक्का भएको बताएका छन् । कांग्रेसको क्रियाशील छानबिन समितिका प्रवक्तासमेत रहेका पौडेलले भदौ १८ मा वडा अधिवेशन हुने गरी महाधिवेशनको प्रक्रिया अगाडि बढेको बताएका छन् । 

४७ जिल्लाका क्रियाशील सदस्यको सूची तयार भएर खामबन्दी भइसकेको र बाँकी जिल्लाको विवाद पनि क्रमिक रूपमा सुल्झाउँदै लगिने बताए । विवाद समाधान भएका जिल्लाहरुमा निर्वाचन प्रतिनिधि पनि खटाइसकिएकाले महाधिवेशन समयमै हुनेमा आशंका नरहेको उनको भनाइ छ । 

यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । उनीहरुबीचको सहमतिपछि कांग्रेस जिल्ला सभापतिहरुको अनशन पनि शनिबारबाट तोडिएको छ । 





  • प्रकाशित मिति : भदौ १२, २०७८ शनिबार २०:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया