बुन्डेस लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित

जर्मन बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्न म्युनिखले हेर्था बर्लिनमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।

घरेलु मैदान एलियान्ज एरिनामा बार्यनलाई सहज जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा थोमस मुलर र जमल मुसिआलाले १–१ गोल गरे ।

खेलको छैटौँ मिनेटमै मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । २४औँ मिनेटमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा दुई गोल गरेका वायर्नले दोस्रो हाफमा ३ गोल थप्यो । ४९औँ मुसिआलाले टोलीका लागि तेस्रो गोल गरे ।

७० र ८४ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बायर्नले सहज जित दर्ता गरेको हो ।

जितसँगै ३ खेलबाट ७ अंक जोडेको बायर्न दोस्रो स्थानमा रहँदा लगातार तेस्रो पराजय बेहोर्दै अंक विहीन बनेको हेर्था अन्तिम स्थनमा छ । 



लिग अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा फ्रेइबर्गले स्टुटगार्टमाथि ३–२, माइन्जले गे्रयुटर फ्रुर्थमाथि ३–०, बायर लिभरकुसेनले अग्स्बर्गमाथि ४–१ को जित हात पारे ।

कोलोग्नेले बोचुमलाई २–१ ले हराउँदा अर्मिनिया बेइलफिल्ड र फान्कफुर्टले १–१ बराबरी खेले । 
 
 



  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ८:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया