सिरी ‘ए’ : युभेन्टस घरेलु मैदानमै  पराजित

इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस घरेलु मैदानमै पराजित भएको छ । उसले कमजोर मानिएको इम्पोलीसँग १-० को पराजय बेहोरेको हो ।

खेलको २२ औँ मिनेटमा लियोनार्दो म्यानकुसोले गरेको एक मात्र गोल पाहुना टोली इम्पोलीलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।

 जित २ खेलबाट ३ अंक जोडेको इम्पोली ११औँ स्थानमा रहँदा समान खेलबाट १ अंकका साथ युभेन्टस १३औँ स्थानमा छ ।

सिरी ‘ए’ अन्तर्गत शनिबार राति नै भएका अन्य खेलमा लाजियोले स्पेजियामाथि ६-१ तथा फियोेरेन्टिनाले टोरिनोमाथि २-१ को जित निकाल्दा एटलान्टा बोलोग्नासँग गोलरहित बराबरीमा रोकियो । 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार ८:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया