माधव नेपाललाई याेगेशकाे व्यङ्ग्य : आफ्नैलाई अध्यक्ष बनाउनुहाेस्

नेकपा एमालेका सचिव याेगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै मानिसलाई अध्यक्ष बनाउन भनी व्यङ्ग्य गरेका छन्।

भट्टराईले नेपाललाई सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे व्यङ्ग्य गरेका हुन् । 

भट्टराईले लेखेका छन्,'राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो ।'

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले  हिजो एक कार्यक्रममा बाेल्दै आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताएका थिए । साेही कुरालाई लिई याेगेशले व्यङ्ग्य गरेका हुन् ।
 





  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १०:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया