लिग वान : मेस्सीको डेब्यु खेलमा पिएसजीको जित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । 

उसले घरेलु टोली राइम्समाथि २-० को जित दर्ता गरेको हो । पिएसजीको जितमा दुवै गोल युवा स्टार केलियन एमबाप्पेले गरे । 

एमबाप्पेले खेलको १६ औँ मिनेटमा एन्जल डि मारियाको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

६३ औँ मिनेटमा अचराफ हाकिमीको पासलाई सदुपयोग गर्दै एम्बाप्पेले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि पिएसजीले लगातार चौथो जित हात पारको हो ।

पिएसजी ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा समान खेलबाट ३ अंक जोडेको राइम्स १७ औँ स्थानमा छ ।

यही खेलमार्फत अर्जेन्टिनी स्टार फरवार्ड लियोनल मेस्सीले पिएसजीका लागि डेब्यु गरे । उनी खेलको ६६ औँ मिनेटमा नेइमारको स्थानमा मैदान प्रवेश गरेका थिए ।



लिग वान अन्तर्गत आइतबार नै भएका अन्य खेलमा मोनाकोले ट्रोएसमाथि २-१, एनगर्सले रेनेसमाथि २-०तथा स्टार्सबर्गले ब्रेस्टमाथि ३-१ को जित हात पारे । लिलले मोन्टपिलियरलाई २-१ ले हराउँदा क्लेरमोन्ट र मिट्ज तथा लेन्स र लोरिन्टले समान २-२ को बराबरी खेले । 
 



  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार ७:१५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया