चीन–अमेरिका युद्ध
चीन–अमेरिका युद्धले विश्व नै गरिब हुनेछ: अाइएमएफ

एजेन्सी– अहिले विश्वमा सबैभन्दा चासोको विषय बनेको छ, अमेरिका–चीन व्यापार युद्ध । यी दुई देशबीचको व्यापार युद्धले विश्वकै अर्थव्यवस्थाका लागि खतरानक भएको विभिन्न अर्थशास्त्रीले बताउन थालेका छन् ।

अर्कोतिर अन्तर्राष्ट्रिय मुद्रा कोष –आइएमएफ)ले यी दुई देशको व्यापार युद्धले विश्व नै गरिब हुने चेतावनी दिएको छ ।

आइएमएफले यो वर्ष र अर्को वर्षमा नै विश्वको आर्थिक विकास कमजोर हुने अनुमान गरेको छ । उसले अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धका कारण अर्थव्यवस्थामा हुने नोक्सानलाई फेरि पुरानै अवस्थामा फर्काउन किनै कठीन हुनेछ । 

केहीअघिमात्र चीनले अमेरिकी सामानमा ६० बिलियन अमेरिकी डलरको नयाँ व्यापारिक शुल्क लगाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यो कदम अमेरिकाको मध्यावधि निर्वाचनका लागि प्रभाव पार्ने तरिका भएको बताएका छन् । ट्रम्पले ट्विटमा लेखेका छन्, ‘यदि हाम्रा किसान र मजदुरलाई निशाना बनाउने हो भने हामी चीनलाई पनि जवाफ दिनेछौँ ।’ 

अमेरिकाले गत महिना चीनमाथि २ सय बिलियन डलरको आयात शुल्क लगाएको थियो ।

२०१८ र २०१९ मा विश्वको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने अनुमान छ । गत वर्ष आइएमएफले आर्थिक वृद्धि ३.९ प्रतिशत हुने अनुमान गरेको थियो । 





  • प्रकाशित मिति : असोज २४, २०७५ बुधबार २१:२२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया