बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बस्दैछ । 

सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्री बाँडफाँड गर्ने र भाेलिसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने बालुवाटार स्राेतले बताएकाे छ।

सरकार गठनका सन्दर्भमा हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए । तर सहमति हुन सकेकाे थिएन । 

केही दिनयता लगातार गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटिरहेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।

लामाे समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलाेचना हुँदै आइरहेकाे छ । 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार ८:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया