भारतमा थप ३० हजार ९४१ संक्रमित, ३५० मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३० हजार ९४१  जनामा काेराेना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २७ लाख ३७ हजार ९३९ पुगेकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३५० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४  लाख ३८ हजार ५६० पुगेको छ ।

यही अवधिमा ३६ हजार २७५  जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या ३ लाख ७० हजार ६४०  रहेकाे छ । 

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेकाे छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६४ कराेड ५ लाख २८ हजार ६४४ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।

 





  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १०:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया