पुरुषमाथि लगाइएको आरोपको प्रमाण देखाउनु पर्छः मेलानिया ट्रम्प

काठमाडाैं– अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले यौनशोषणको आरोप लगाउने महिलाले उक्त आरोप प्रमाणित गर्न सक्ने प्रमाण देखाउनु पर्ने बताएकी छन् । महिलाले आफूमाथि भएको यौन दुव्र्यवहारको आरोप लगाउँदा त्यसको ठोस प्रमाण समेत चाहिने मेलिनिया ट्रम्प बताउँछिन् । 

महिलामाथि भएका यौन दुव्र्यवहारका विषयलाई गम्भिर रुपमा लिन जरुरी छ तर पुरुषलाई पनि समय दिनुपर्छ उनी भन्छिन् । 

केन्या भ्रमणको क्रममा रहेकी मेलानियाले पछिल्लो समयमा विश्वभर चर्चामा रहेको ‘मिटु’ लाई लक्षित गर्दै उक्त भनाई राखेकी हुन् । मेलानिया भन्छिन् ‘महिलाहरुले सार्वजनिक गरेका दुव्र्यवहारका घटनालाई ध्यान दिन जरुरी छ, ति महिलाहरुको समर्थन गर्नुपर्छ तर महिलालाई मात्र सुनेर अगाडि बढ्नु गलत हो ।’

राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि केही समय अगाडि महिलाहरुले यौन उत्पीडनको आरोप लगाएका थिए । जसमा मेलानियाले यो पुरुषहरुको लागि भयावह रहेको बताएकी थिइन् । जुन वर्षौपछि आएर सार्वजनिक हुन्छ । यो आलोचना उनले ब्रेट क्यावनाफको सन्दर्भमा गरेकी थिइन् । 

अहिले अमेरिकाको सर्वोच्च अदालतका प्रमुख न्यायाधिश ब्रेटमाथि दुई महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । 
 





  • प्रकाशित मिति : असोज २५, २०७५ बिहीबार ९:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया