दिनभर प्रहरी कार्यालयमा सिइओ र ब्रान्च म्यानेजरलाई कुरिन् विष्णुले, महालक्ष्मी विकास बैंकका कोही गएनन्

धितोमा राखेको सुनलाई फेरेर ऋण चुक्ता गरेपछि नक्कली सुन दिन खोजेको महालक्ष्मी विकास बैंकले प्रहरीको आदेशसमेत उल्लघंन गरेको छ । बैंकका सिइओ र कुमारीपाटी शाखाका ब्रान्च म्यानेजरलाई आज प्रहरीले बोलाएको थियो । 

तर, सोमबार पनि प्रहरी कार्यालय नगएका महालक्ष्मी विकास बैंकका सिइओ र ब्रान्च म्यानेजर मंगलबार पनि प्रहरीकहाँ गएनन् । उल्टै प्रहरी कुमारीपाटी शाखा पुग्दा ब्रान्च म्यानेजर सुनिलकुमार नेपाल बैंकमा नभएको भन्दै प्रहरी फिर्ता आयो ।

अर्कोतिर, महालक्ष्मी विकास बैंकका सिइओ बोधराज देवकोटाले यस विषयमा छलफल गर्न पीडित विष्णुकुमारी महर्जनलाई बुधबार दिउँसो महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयमा बोलाएका छन् ।

‘हामीले हिजो र आज दिनभर प्रहरी कार्यालयमा उहाँहरुलाई कुर्यौँ,’ विष्णुले फरकधारलाई भनेकी छिन्, ‘तर, उहाँहरु आउनु भएन । साँझ पाँच बजेतिर कल गरेर हामीलाई भोलि बैंकको हेड अफिसमा नै बोलाउनु भएको छ ।’

विष्णुले २०७२ सालमा २५ तोला सुन राखेर महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन् । ९ भदौमा उनी आफूले लिएको ऋण चुक्ता गर्न बैंकमा पुगेकी थिइन् ।

उनले धितोमा राखेको सुन दिन पहिले बैंक म्यानेजरले आनाकानी गरेका थिए । पछि उनले सुन नक्कली भएको बताए । 



यसबारे फरकधारले यसअघि गरेको यो स्टोरी पढ्नुहोस्— 

महालक्ष्मी विकास बैंकले धितोमा राखेको सुन ऋण चुक्तापछि नक्कली दियो, तौल कम भन्यो




  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार २१:२९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया