एट्लेटिको फर्किए ग्रिजम्यान

फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यान २ सिजनपछि पुरानो क्लब एट्लेटिको मड्रिड फर्किएका छन्  ।

एट्लेटिकोले ३० वर्षीय ग्रिजम्यानलाई अर्को स्पेनिस क्लब बार्सिलोनाबाट १ वर्षका लागि लोनमा भित्र्याएको हो । क्लबले उनलाई स्थायी खेलाडीको रूपमा अनुबन्ध गर्न सक्ने सर्त पनि राखेको छ ।

ग्रिजम्यान आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलानाबाट बाहिने ११ औँ खेलाडी हुन् । क्लबले यही सिजन आफ्ना सबैभन्दा महत्वपूर्ण तथा सफल खेलाडी लियोनल मेस्सीलाई पनि गुमाएको थियो ।

मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन् । बार्सिलोनाले ग्रिजम्यानसँगै डिफेन्डर एमर्सन रोयल र मिडफिल्डर इलाइस मेरिबालाई पनि अन्यत्र पठाएको छ।

एमर्सन २५ मिलियन युरोमा इंग्लिस क्लब टोटेनहम पुग्दा इलाइसलाई भित्र्याउन जर्मन क्लब आरबी लाइप्जिगले २२ मिलियन युरो खर्चियो ।

सन् २०१९ मा एट्लेटिकोबाट बार्सिलोना आएका ग्रिजम्यानले क्लबका लागि १०२ खेलमा ३५ गोल गरेका थिए । 
 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार ९:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया