तालिबानले भारतको कश्मीरमा हस्तक्षेप नगर्ने, भन्यो– भारतले २० वर्षसम्म हाम्रो दुश्मनलाई सहयोग गर्यो

तालिबान नेता अनस हक्कानीले भारतको कश्मीरमा आफूहरुले हस्तक्षेप नगर्ने बताएका छन् । 

पाकिस्तान हक्कानी नेटवर्कसँग नजिक रहेको र पाकिस्तानले कश्मीरमा गर्दै आएको हस्तक्षेपमा तालिबानको भूमिका के हुन्छ ? भनी पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘कश्मीर हाम्रो अधिकार क्षेत्र भित्र पर्दैन । र यो हस्तक्षेप नीतिको विरुद्ध पनि हुन्छ । हामी आफ्नो नीति विरुद्ध जान सक्दैनौं । हामी कश्मीरमा हस्तक्षेप गर्दैनौं ।’ 

हक्कानीले भारतसँग तालिबानले राम्रो सम्बन्ध बनाउन चाहेको समेत बताए । तालिबानका विषयमा गलत धारणा बनाउन पनि उनले आग्रह गरे । भारतले २० वर्षसम्म तालिबानको दुश्मनलाई सहयोग गरे पनि तालिबानले यो सबै भुलेर सम्बन्धलाई अगाडि बढाउन चाहेको उनले स्पष्ट पारे । 

भारतीय मिडियाले तालिबान हक्कानी नेटवर्कको सम्बन्धमा नकारात्मक समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप उनले लगाए । भारतीय मिडियाका कारण माहोल खराब भएको उनले बताए । अफगान युद्धका कहिल्यै पाकिस्तानी हतियार प्रयोग नभएको दाबी उनले गरे । यो आरोप निराधार भएको उनको भनाई छ । 





  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १२:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया